च्यासलका दुई खेलाडीलाई कोरोना पुष्टि
काठमाडौं । सहिद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना पुष्टि भएको छ ।
पोखरामा मनाङ मर्स्याङ्दीसंग गत साता खेलेर काठमाडौं फर्किएपछि दुई खेलाडीलाई कोरोना देखिएको टोलीका सहायक प्रशिक्षण आशिख थापा मगरले बिहीबार आयोजित प्रि म्याच कन्फ्रेन्समा जानकारी दिए ।
च्यासलका गोलरक्षक प्रदीप भण्डारी र डिफेण्डर कमल श्रेष्ठलाई कोरोना देखिएको हो । उनिहरु आइसोलेसनमा रहेका छन् । पोखरा रंगशालामा गत हप्ता च्यासल ५–० ले पराजित भएको थियो ।
अब, नवौं चरणमा च्यासलले पुलिस सँग खेल्ने छ । यता, जावलाखेल समेत खेलाडी बिरामी हुदा बिहीवारको बिहानी सत्रमा १४ खेलाडीलाई प्रशिक्षण सामेल गराएको थियो ।
मुख्य प्रशिक्षक किशोर केसीले खेलाडीमा रुघाखोकी देखिएको कारण गोलकिपर सहित १४ खेलाडीले मात्रै अभ्यास गरेको र केही खेलाडी निको हुने अवस्थामा रहेको बताए ।







