‘पुष्पाः द राइज’ अमेजोन प्राइममा रिलिज हुँदै

अखबार हब
२०७८ पुष २७, मंगलवार १२:०६

काठमाडौं । सिनेमा घरमा तहल्का मच्चाएको दक्षिण भारतीय सिनेमा ‘पुष्पाः द राइज’को हिन्दी भर्जन ओटिटी माध्यममा रिलिज हुने भएको छ। अल्लु अर्जुन मुख्य भूमिकामा रहेको फिल्म शुक्रबार अर्थात् १४ जनवरीदेखि ओटिटी माध्यममा रिलिज हुन लागेको हो। फिल्म अमेजोन प्राइममार्फत प्रदर्शन हुँदै छ।

फिल्मको तेलुगु भर्जन यसअघि नै ओटिटी माध्यममा रिलिज भइसकेको छ। सिनेमा घरमा गतवर्षको डिसेम्बर १७ मा रिलिज भएको फिल्म अहिले पनि प्रदर्शन भइरहेको छ। प्रदर्शनको पहिलो दिनमा नै ५२ करोड ५० लाख भारतीय रुपैयाँको व्यापार गरेको फिल्मले हालसम्म ३०० करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरिसकेको छ।

सुकुमारको निर्देशनमा बनेको फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्दना, फहाद, अनसुया भारद्वाजलगायतका कलाकारको अभिनय रहेको छ। फिल्म तेलगु, हिन्दी, मलयालत, कन्नडलगायतका भाषामा प्रदर्शन भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*