चर्चीच गायक सोनु निगमलाई कोरोना संक्रमण
भारत । भारतका चर्चीच गायक सोनु निगम परिवारसहितलाई कोरोना संक्रमण भएको छ । उनले आफु र आफ्नो परिवारलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
उनले इन्टाग्रामार्फत जानकारी दिएका हुन् । कोरोना संक्रमण भएपछि आफु आइसोलेशनमा रहेको उनले बताएका छन् ।
उनले आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको बताएका छन् । उनी हाल दुबईमा रहेका छन् । कन्सर्टका लागि उनी दुबई गएका थिए ।
तर, स्वास्थ्य समस्या आएपछि उनले कोरोना परीक्षण गराएका थिए । रिपोर्ट पोजिटिभ आएपछि उनले परिवारको समेत कोरोना परीक्षण गराएका थिए । परिवारको समेत पोजिटिभ आएको थियो । एजेन्सी







