‘चपली हाइट ३’माथि सिंगो फिल्म क्षेत्रको चासो

अखबार हब
२०७८ पुष २१, बुधबार १२:४८

काठमाडौं । पुस ३० गतेबाट चलचित्र ‘चपली हाइट ३’ रिलिज हुँदैछ । यो महिना मात्र दुई पटक रिलिज मिति सारिसकेको यो चलचित्रमाथि सिंगो चलचित्र क्षेत्रकै नजर छ ।

बारम्बार पछि धकेलिएको चलचित्रको प्रदर्शन मिति र निर्माता अर्जुन कुमारको विवादस्पद बयानले चलचित्रलाई चर्चामा ल्याइदिएको छ । चलचित्र ‘कठपुतली’ले दर्शकलाई हलसम्म तानेको अवस्थामा थ्रिलर कथामा बनेको निकेश खड्का निर्देशित यो चलचित्रले पनि दर्शकको माया पाउने विश्वास निर्माणपक्षको छ ।

कोरोनाको तेस्रो लहर विश्वव्यापी रुपमा फैलिँदै गएको अवस्थामा ‘चपली हाइट ३’ रिलिज हुन लागेको छ । यो चलचित्रलाई दर्शकले कुन रुपमा लिने हुन् भन्ने सर्वत्र चासो छ ।

चलचित्रकर्मीहरुले पनि यो चलचित्रको व्यापारलाई आँखा लगाएर बसेका छन् । निर्माता अर्जुन कुमारले नेपाली चलचित्र सकिएको दाबी गरेको भोलिपल्टै चलचित्र ‘कठपुतली’ले दर्शक तानेपछि उनको बयान गलत सावित भएको थियो । त्यसैले स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको बक्स अफिस सबैका लागि चासो बन्न गएको हो ।

यसैबीच यसको निर्माणपक्षले चलचित्रको शीर्ष गीत पनि सार्वजनिक गरेको छ । शीर्ष गीतमा चलचित्रको ट्रेलरमा नै समावेश गरिएका दृश्यहरुलाई जोडिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*