हेटौंडा भेट्रान्स कप : एबीसी,बानेश्वर र जोरपाटी भेट्रान्स सेमिफाईनल प्रबेश

बगरभाई खलक ए र नागश्वती भेट्रान्स क्वाटरफाईनलमा
अखबार हब
२०७८ पुष १, बिहीबार २०:३७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा जारी हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज(बिहिबार) २ क्वाटरफाईनल र एउटा समुह चरणको खेलहरु भएका छन् । आज भएको पहिलो क्वाटरफाईनल खेलमा एबीसी भेट्रान्स पोखराले चितवन भेट्रान्सलाई ५–० गोल अन्तरमा पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको छ । एबीसी भेट्रान्स पोखराको तर्फबाट खेलको १९ औ मिनेटमा महेन्द्र गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको २३ औ मिनेटमा बिजय गुरुङले दोश्रो गोल गर्दै टिमलाई अगाडी बढाएका थिए ।

खेलको २५ औ मिनेटमा पुन हरी खडकाले तेश्रो गोल थप्दै टिमलाई अगाडी बढाएका थिए । यस्तै खेलको ३० औ मिनेटमा पुन बिजय गुरुङले ब्यक्तीगत दोश्रो गोल थपे भने खेलको ३४ औ मिनेटमा पुर्ण बहादुर गुरुङले अर्को गोल गर्दै एबिसि पोखरालाई ५ गोलको अन्तरमा बिजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच एबीसीका विजय गुरुङ घोषित भएका थिए ।

आज भएको दोश्रो क्वाटरफाईनल खेलमा जोरपाटी भेट्रान्स काठमान्डाले विहानी भेट्रान्सलाई पराजित गरेको छ । खेलको १९ औ मिनेटमा जोरपाटी भेट्रान्सका तर्फबाट उमेश लामाले गोल गर्दै टिमलाई अगाडी बढाएका थिए भने खेलको ३८ औ मिनेमा पुन जोरपाटीकै तर्फबाट दिपक लामाले गोल थप्दै अग्रता दिलाएका थिए । यस्तै खेलको ५० औ मिनेटमा उमेश लामाले अर्को गोल थप्दै टिमलाई जिताउन सफल भएका थिए । यता बिहानी भेट्रान्सका तर्फबाट खेलको ३० औ मिनेटमा हर्क गुरुङले एक मात्र सान्तवना गोल गर्न सफल भएका थिए ।

खेलको म्यान अफ द म्याच जोरपाटी भेट्रान्सका सुनिल लामा घोषित भएका थिए । यस्तै बिहिबार भएको तेश्रो तथा समुहचरणको खेलमा नागश्वती भेट्रान्सले वालिग भेट्रान्सलाई सुन्यका बिरुद्ध १ गोल गर्दै क्वाटरफाईनल तय गरेको छ । नागश्वती भेट्रान्सको तर्फबाट खेलको २६ औ मिनेटमा निमा लामाले गोल गर्दै टिमलाई बिजयी बनाउन सफल भएका थिए । निकै प्रतिष्प्रर्धात्मक खेलमा गोल फर्काउने प्रयास गर्दा गर्दै पनि वालिग भेट्रान्स सफल हुन सकेन । शुक्रबार ३ खेल हुने आयोजकले जनाएको छ । शुक्रबार बिहान ९ बजे बगरभाई खलक ए र नागश्वती भेट्रान्स बिच क्वाटर फाईनल खेल हुनेछ भने बिहान ११ बजे बानेश्वर भेट्रान्स र एबिसि बिच सेमिफाईनल खेल हुनेछ ।

यस्तै दिउसो १ बजे जोरपाटी भेट्रान्सले बगरभाई खलक ए र नागश्वती भेट्रान्स बिचको बिजेता टिमसंग खेल खेल्नेछ । आगामी शनिबार अर्थात पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाको १८ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खलाडी र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँसहित ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*