संसद बैठक शुरू भएलगत्तै एमालेको विरोध (भिडियोसहित)

अखबार हब
२०७८ मंसिर २८, मंगलवार १४:२५

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले विरोध गरेका छन् ।

आफ्नो पार्टीको मुद्दा सम्बोधन नभएसम्म बैठक अवरूद्ध गर्ने एमाले संसदीय दलको बैठकले निर्णय गरेको थियो ।

आजको बैठक शुरू भएलगत्तै एमालेले सदनमा अवरोध गरेको हो । संसदीय मर्यदा कायम गर, गैरसांसदलाई सदन प्रवेश निषेध गर लगायतका नारा लगाउँदै एमाले सांसदहरूले बैठक अवरूद्ध गरेका हुन् ।

माधव नेपालसहितका नेताहरुमाथि गरिएको कार्वाहीलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरेपछि पार्टी फुटेको भन्दै एमालेले लगातार संसद अवरूद्ध गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*