अन्तरपालिका फुटबल प्रतियोगिताः हेटौँडा फाइनलमा
मकवानपुर । हेटौँडामा जारी प्रथम जिल्लास्तरीय (अन्तरपालिका) फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका विजयी भएको छ ।
हेटौंडा ४ स्थित हुप्रचौर खेल मैदानमा भएको सेमिफाइनलको दोस्रो खेलमा हेटौँडा उपमहानगरपालिकाले बागमती गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलमा हेटौँडा उपमहानगरपालिकाको बिनोद घलान २ गोल गरेका हुन् भने मनोज लामाले १ गोल गरेका हुन् ।
खेलमा उत्कृष्ट प्रर्दशन गर्दै बागमती गाउँपालिका बाबुराम माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् । प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ट्रफिसहित २ लाख र उपविजेताले १ लाख प्राप्त गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाले जानकारी दिए।
यसैबीच आजको विजेता हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकासंग फाइनलमा आगामी २५ गते खेल्नेछ ।







