अन्तरपालिका फुटबल: क्वाटरफाइनलमा हेटौंडा उपमहानगरपालिका विजयी
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा प्रथम जिल्ला स्तरीय (अन्तरपालिका) फुटबल प्रतियोगितामा आज क्वाटरफाइनल खेल सम्पन्न भएको छ ।
आज भएको क्वाटरफाइनल खेलमा हेटौडा उपमहानगरपालिका विजयी भएको छ । हेटौंडा ४ स्थित हुप्रचौर खेल मैदानमा भएको क्वाटरफाइनल खेलमा हेटौडा उपमहानगरपालिका विजयी भएको हो । हेटौंडा उपमहानगरपालिकाले बकैया गाउँपालिकालाई ३–१ गोलको अन्तरले पराजित गरेको हो ।
खेलमा हेटौंडा उपमहानगरपालिकाको बिबेक गुरुङ, अभिसेक महर्जन र ललित चौलागाईंले १–१ गोल गरेका हुन् । यस्तै बकैया गाउँपालिकाको लागी अभिषेक भोलनले सान्तोना गोल गरेका हुन् । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै हेटौडा उपमहानगरपालिकाका अनिल थापालाई म्यानअफ द म्याच घोषित भएका छन् । भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछन् ।
प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ट्रफि सहित २ लाख र उपविजेताले १ लाख प्राप्त गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाले जानकारी दिए।







