अन्तरपालिका फुटबल प्रतियोगिताः बकैया र भिमफेदीको विजयी सुरुवात

अखबार हब
२०७८ मंसिर १९, आईतवार २०:४३

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा प्रथम जिल्लास्तरीय (अन्तरपालिका) फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ ।

प्रतियोगितामा बकैया गाउँपालिका र भिमफेदीले विजयी सुरुवात गरेको हो। हेटौंडा–४ स्थित हुप्रचौर खेल मैदान भएको पहिलो खेलमा बकैया गाउँपालिका विजयी भएको छ । बकैया गाउँपालिकाले कैलाश गाउँपालिकालाई २–० गोलको अन्तरले हराएको हो । खेलमा बकैया गाउँपालिकाका नवराज घलान र अभिषेक भोलनले १–१ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै बकैया गाउँपालिका नवराज घलान म्यानअफ द म्याच घोषित भएका छन् ।

यस्तै आजै भएको दोस्रो खेलमा भिमफेदी गाउँपालिका विजयी भएको छ । भिमफेदी गाउँपालिकाले राक्सिराङ्ग गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । भिमफेदी गाउँपालिका सन्दिप गोलेले २ गोल गरेका हुन् भने सागर थापाले एक गोल गरेका हुन् । यस्तै राक्सिराङ्ग गाउँपालिकाको लागी पुरण ठकुरीले सान्तोना गोल गरेका हुन् । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै दुई गोल गरेका भीमफेदी गाउँपालिका सन्दिप गोलेले म्यानअफ द म्याच घोषित भए ।

यसअघि हिजो भएको खेलमा हेटौंडा उपमहानगरपालिकाले मनहरी गाउँपालिकालाई पेनाल्टी सुटआउटमा ४–३ अन्तरले जितेको थियो । प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेका छन् । प्रतियोगिताको विजेताले ट्रफिसहित २ लाख र उप–विजेताले १ लाख प्राप्त गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*