रचना रिमालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक

अखबार हब
२०७८ मंसिर १९, आईतवार १३:१९

मकवानपुर । रामचन्द्र बोगटीको लय र शब्दमा रहेको डान्सिङ प्याटनको गीत ‘तिमी मेरो दिलमा छौ’ राम चन्द्र बोगटी युटुब च्यानलमा सार्वजनिक भएको छ । निशान बानियाँले निर्देशन गरेको गीत शिव पौडेलले सम्पादन गरेका हुन् ।

बोगटीको लय शब्दमा रहेको गीतमा नेपालआइडलबाट नेपाली साङ्गितिक क्षेत्रमा प्रवेश गरेकी रचना रिमाल र नेपाल लोक स्टारबाट साङ्गितिक क्षेत्रमा प्रवेश गरेका राम कुमार नेपालीले स्वर दिएका छन् ।

डान्सिङ प्याटनमा रहेको उक्त गीतको भिडियो समेत निर्माण गरिएको छ। भिडियोमा करिश्मा ढकाल र विक्रम नेपालीको अभिनय देख्न सकिन्छ।

गीतको म्युजिक भिडियो राजधानीको विभिन्न ठाउँमा छायांकन गरिएको छ। तिमी मेरो दिलमा छौ बोलको गीत युवा पुस्तालाई लक्षित गरेर बजारमा ल्याइएको रामचन्द्र बोगटीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*