मेलिनाको ‘तिमीले बाटो फेर्यौं अरे’को तेस्रो भाग सार्वजनिक

अखबार हब
२०७८ मंसिर १७, शुक्रबार १८:३१

काठमाडौं । गायिका मेलिना राईले गाएको गीत ‘तिमीले बाटो फेयौं अरे’ निकै चर्चित छ। पहिलो भागको सफलतासँगै यो गीतको दोस्रो भाग आएको थियो। तीन वर्षअघि सार्वजनिक भएको दोस्रो भाग पाँच वर्षअघि आएको पहिलो भागजस्तै चर्चित बन्यो।

पहिलो र दोस्रो भागमा सफलता पाएको गीतको तेस्रो भाग पनि सार्वजनिक भएको छ। शुक्रबार ‘एमएमएस इन्टरटेनमेन्ट्’को युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको हो।

मेलिनाको स्वरसँगै दर्पण राईको शब्द रहेको गीतमा संगीत बिक्रम राईले दिएका छन् भने एरेन्ज रिकेश गुरुङ ‘किज’को रहेको छ।

कलात्मक बनेको गीतको भिडियोमा दर्पण राई र सम्झना राईले अभिनय गरेका छन्। भिडियो निर्देशन सान थापाले गरेका छन् भने यसको कला निर्देशन विजय चौधरीले गरेका छन्।

हेर्नुहोस् भिडियोः

 

यसमा तपाइको मत

Your email address will not be published.


*