पूजा र आकाश अभिनित ‘झुम्कावाली’ सार्वजनिक

अखबार हब
२०७८ मंसिर १७, शुक्रबार १८:२७

काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘झुम्कावाली’ बोलको भिडियोमा पूजा र आकाशको नृत्य देख्न सकिन्छ ।

सार्वजनिक गीतमा मेलिना राई र मिलन अर्यालको स्वर सुन्न सकिन्छ । सुजन रेग्मीले लेखेको गीतको संगीत गायक अर्यालले नै तयार गरेका छन् । गायक अर्याल तथा गीतकार रेग्मी दुवै पेसाले इन्जिनियर हुन् ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा सुवोल थापाको करियोग्राफी रहेको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।

म्युजिक भिडियोमा निवेश अर्याल, कृष अर्याल, निकिता तिमल्सिनाको लगानी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*