हेटौंडामा सातौं भेट्रान्स कप हुँदै
मकवानपुर । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा यही मंसिर २७ गतेबाट सातौं हेटौँडा भेट्रान्स कप ८ ‘ए’ साइट राष्ट्रिय फूटबल प्रतियोगीता आयोजना हुने भएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलन गरी खेलको बारेमा जानकारी दिएको हो। खेल हेटौँडा उपमहानगरपालिका वडा नं–५ स्थित निर्माणाधिन पिप्ले रंगशालमा सञ्चालन हुने भएको छ ।
प्रतियोगीतामा २० वटा टिम सहभागी हुने भएको छ । प्रतियोगीतामा प्रथम हुने टिमलाई १ लाख ११ हजार १११ रुपैयाँ, द्धितीय हुने टिमलाई नगद ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिने भएको छ भने सर्वाधिक कोच, सर्वाधिक डिफेन्स, सर्वाधिक मिल्डफील्ड, सर्वाधिक गोलरक्षकले जनही ५ हजार प्रदान गरिने भएको छ ।
प्रतियोगिताको अनुमानित खर्च १२ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । सो रकम हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कूल अफ म्यानेज्मेन्ट, रोटरी क्लब अफ मकवानपुर, जिल्लामा रहेका जेसीज, लायन तथा अन्य विभिन्न संघ/संस्था र स्थानीय उद्योगी, व्यापारीहरुको सहयोगबाट खर्च व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।
पाँचौं र छैटौं संस्करणको हेटौँडा भेट्रान्स कप ८ ‘ए’ साइट राष्ट्रिय फूटबल प्रतियोगीताको उपाधि वगरभाई खल भेट्रान्स क्लब पोखराले जितेको थियो।







