मनहरी फुटबल प्रतियोगीताः जनआर्दश युवा क्लव चकरी ‘ए’को शानदार जीत
मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा जारी गाउँपालिका स्तरीय दोश्रो सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको आज भएको मैत्रिपूर्ण खेलमा जनआर्दश युवा क्लव चकरी ‘ए’ ६–१ गोलको फराकिलो अन्तरले बिजयी भएको छ ।
आज भएको खेलमा परिवर्तन युवा क्लवलाई जनआर्दश युवा क्लव चकरी ‘ए’ले ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
प्रतियोगीताको विजेताले नगद रुपैया ५० हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ, यस्तै द्धितिय हुनेले नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने आयोजक कमिटीका महासचिव मोक्तानले जनाएका छन् ।
खेल नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिकाको अध्यक्ष तीर्थ थापा मगरको प्रमुख अतिथ्यता भएको थियो । त्यस्तै विशिष्ठ अतिथि रामप्रसाद उप्रेती, अतिथिहरुमा इन्द्रजीत घलान, विष्णुप्रसाद अधिकारीलगायतकाको उपस्थिति रहेको थियो ।







