हेटौंडामा प्रथम जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २ लाख

अखबार हब
२०७८ मंसिर १५, बुधबार १८:०५

मकवानपुर । हेटौंडामा प्रथम जिल्लास्तरीय पुरुष फुटबल (अन्तर पालिका) प्रतियोगिता हुने भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जिल्लास्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको हो ।

आज पत्रकार सम्मेलनको आयोजना गरी यही मंसिर १८ देखि २५ गतेसम्म हेटौंडा–४ मा रहेको लोकतान्त्रिक हुप्रचौरको खेल मैदानमा अन्तरपालिका जिल्लास्तरीय प्रथम फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामाले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाका १० स्थानीय तहको १० टिम सहभागि हुनेछन् भने खेलमा प्रथम हुने टिमले नगद २ लाख रुपैयाँ, द्वितीय हुने टिमले नगद १ लाख रुपैयाँ तथा विधागत उत्कृष्ट हुने खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रशिक्षकले जनही नगद रु ३ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगिता संचालन गर्दा ७ लाख ५८ हजार ७ सय ५० रुपैयाँ खर्च अनुमान गरिएको छ । जसमा जिल्ला समन्वय समिति मकवानपुरबाट ७ लाख रुपैयाँ र अपुग रकम जिल्ला खेलकुद विकास समिति मकवानपुरले व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*