मनहरी फुटबल प्रतियोगीताको स्थगित खेल भोलिबाट पुनःसञ्चालन
मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा भएको गाउँपालिका स्तरीय दोश्रो सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको स्थगित खेल भोलिबाट पुनः सुरु हुने भएको छ ।
प्राविधिक कारणले १० वटा समुहले खेल खेलसँगै स्थगित रहेको खेल पुनः भोलिबाट सञ्चालन हुन लागेको आयोजक कमिटिका महासचिव हेलीश मोक्तानले जानकारी दिए ।
भोलि हुने खेलमा जनआर्दश युवा क्लव चकरी ‘ए’ र परिवर्तन युवा क्लव भिड्डै छन् । प्रतियोगीताको विजेताले नगद रुपैया ५० हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ, यस्तै द्धितिय हुनेले नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने आयोजक कमिटीका महासचिव मोक्तानले जनाएका छन् ।







