लिग सुरु नहुँदै तालिका हेरफेर, प्रत्येक दिन ‘फ्लड लाइट’मा खेल

अखबार हब
२०७८ कार्तिक ३०, मंगलवार १८:०४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ मसिंरबाट सुरु हुने ए डिभिजन लिगको तालिका हेरफेर गरेको छ ।

मंगलबार एन्फाले शीर्ष डिभिजनको लिग सुरु नहुँदै तालिका हेरफेर गरेको हो । यसअघि लिग २७ कात्तिकमा सुरु हुने तय भए पनि सारिएर ३ गतेलाई पुर्‍याएको थियो । जहाँ दुई चरणका खेल पूर्ण रुपमा सार्वजनिक भएको थियो । दुई चरणको खेललाई मात्रै एन्फाले हेरफेर गरेको छ ।

लिग सुरु नहुँदै हेरफेर भएको तालिकामा भने हप्तामा ४ दिन खेल राखिएको छ । उद्घाटनको दिन एकमात्रै खेल हुनेछ । जसमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । यसपछि भने एन्फाले प्रत्येक दिन २ खेल तोकेको छ ।

एन्फाले हप्तामा ४ दिन खेल हुने तालिका सार्वजनिक गरेको हो । शुक्रबार, शनिबार, आइतबार र सोमबारमात्रै लिगको खेल हुने गरि तालिका सार्वजनिक गरिएको छ ।

नयाँ तालिकाअनुसार प्रत्येक दिन पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल पौने ५ बजे सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*