माधव नेपाललाई खानामात्र खुवाएको हुँ, म एमालेमै छु : द्वारिकालाल चौधरी (भिडियोसहित)

अखबार हब
२०७८ कार्तिक २९, सोमबार १९:१६

सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफू नेकपा (एस)मा प्रवेश नगरेको बताएका छन् । उनले नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपाललाई आफ्नो घरमा खाना खुवाएको तर पार्टी प्रवेश नै भने नगरेको बताएका हुन् ।

गत शुक्रबार उनको निवासमा अध्यक्ष नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईपनि उनको घरमा खाना खाँदै गरेको तस्बीर सार्वजनिक भएको थियो । त्यसपछि चौधरी पनि नेकपा (एस)मा प्रवेश भएको भन्ने चर्चा चलेको थियो ।

सञ्चारकर्मीहरु सँग कुरा गर्दै उनले भने, ‘माधव नेपाल मकहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ। खाना खाएर माधव नेपाल फर्कनुभयो । म नेकपा (एस)मा गएको भन्नेमा सत्यता छैन । म अहिले एमालेमै छु।’

यसमा तपाइको मत

Your email address will not be published.


*