कांग्रेसले पहिलोपटक विधान अधिवेशन गर्ने, १४औं महाधिवेशनबाट नेतृत्वमात्र चयन हुने

अखबार हब
२०७८ कार्तिक २८, आईतवार १९:२०

काठमाडौं । नेपाली कांग्रेसले पहिलोपटक विधान अधिवेशन गर्ने भएको छ । पार्टीको आगामी नीति र कार्यक्रम तय गर्न अलग्गै अधिवेशन गर्ने निर्णय पार्टीका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीले बुढानिलकण्ठमा गरेका छन् ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले १४ औं महाधिवेशनलाई विशुद्ध नेतृत्व चयनको रुपमा लिएर जाने तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा नीति र कार्यक्रमका लागि छुट्टै अधिवेशन गर्न महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गरेका थिए । ‘नीतिको अधिवेशन र नेतृत्वको अधिवेशन फरक गर्ने भन्ने भएको छ । पार्टी पदाधिकारी र पूर्वपदाधिकारी तहमा सर्वसम्मत भएको छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ,’ प्रवक्ता शर्माले भने ।

१४ औं महाधिवेशनलाई नेतृत्व चयनको रुपमा लिएर जाने र महाधिवेशनले अधिकार प्रत्यायोजन गरेर नयाँ आउने कार्यसमितिले नीति तथा कार्यक्रम अधिवेशन निश्चित समयमा तोक्ने शर्माको भनाइ छ । ‘केन्द्रीय कार्यसमितिले महाधिवेशनमार्फत तय गरेबमोजिम नीति र कार्यक्रम तय गरेर जाने हामीले तय गरेका छौं, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*