पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु मकवानपुरको मसाल जुलुस

अखबार हब
२०७८ कार्तिक २७, शनिबार २०:३९

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरले मसाल जुलुस निकालेको छ ।

आज(शनिबार) नेकपा एमाले मकवानपुर पार्टी कार्यालय देखि हेटौंडाको बुद्धचोक सम्म अनेरास्ववियु मकवानपुरको आयोजनामा मसाल जुलुस प्रदर्शन गरेको हो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरूले मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्या्इएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

त्यस्तै मुल्य वृद्धि समायोजन नएय भोलि (आइतबार) मकवनापुर जिल्ला भरिका क्याम्पसहरुमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्न समेत अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*