कांग्रेसका निर्वाचन अधिकृतले दिए राजीनामा
काठमाडौं । निर्वाचनको प्रक्रिया अगाडि बढाउन नसकिएको भन्दै कांग्रेस सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएका छन्।
१७ कात्तिकमा अधिकृत तोकेर पठाइए पनि विनोद कार्कीले जिल्लामा काम गर्ने वातावरण नभएको भन्दै अधिकृतबाट राजीनामा दिएका हुन्।
उनको राजीनामापछि भोलिदेखि हुने वडा तहको अधिवेशनको प्रक्रिया नै अवरुद्ध हुन सक्ने देखिएको छ। कार्कीले केन्द्रीय निर्वाचन समितिसमक्ष राजीनामा बुझाएका हुन्।
कार्कीले आफूले निर्वाचन अधिकृतको पत्र पाएपछि अधिवेशनको प्रक्रिया अघि बढाउन खोजे पनि पक्षहरूबीच सहमति नजुटेको उनको भनाइ छ ।








