एमाले माहाधिवेशन : मकवानपुरबाट १७ जना प्रतिनिधि सर्वसम्मत
मकवानपुर। नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट सर्वसम्मत १७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित सहित १७ जना प्रतिनिधि सर्वसम्मत चुनिएका हुन् ।
आउँदो कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा मकवानपुरमा ७३ जनाको उम्मेद्वारी परेको थियो । तर आजै सर्वसम्मत रुपमा प्रतिनिधि छानिएको क्षेत्र नंबर एकका निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए ।
जस्मा मकवानपुर क्षेत्र नंबर १ बाट कृष्ण दाहाल, रामचन्द्र राई, बद्री लम्साल, कमल विष्ट, वीर बहादुर घिसिङ फुर्वा, फुर्वा दोर्जे लामा, जुनेली श्रेष्ठ र सिता विष्टस रहेका छन् ।
त्यस्तै क्षेत्र नंबर २ बाट सुवास चन्द्र ठकुरी, एकलाल श्रेष्ठ, लाल बहादुर थापा, हिदम लामा, महेश बर्तोला, बिण्णु प्रसाद ढकाल, वरिना बल र सुमित्रा काफ्ले सर्वसम्मत छानिएका हुन् ।
यसैगरि दलित कोटाबाट नारयण गजमेर सर्वसम्मत छानिएका छन् । दलित कोटामा तीन जनाको उम्मेद्वारी परेको थियो ।
१७ जना प्रतिनिधिको लागि क्षेत्र नंबर १ बाट ८ जना प्रतिनिधिको लागि खुल्ला कोटामा ३१ जना पुरुषको र २ जना महिला अनिवार्य कोटामा १० जना महिलाको उम्मेद्वारी परेको थियो भने क्षेत्र नंबर २ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेद्वारी परेको थियो ।







