यूएईले माग्यो २४० नेपाली कामदार मासिक तलब कति ?

अखबार हब
२०७८ कार्तिक २५, बिहीबार १७:०८

काठमाडौं । यूएईले नेपाली कामदारको माग गरेको छ । दुबाई सहरमा रहेको  transguard group L.L.C कम्पनीले १४० पुरुष कामदार र १०० महिला गरी जम्मा २४० नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ४८ हजार माथि पाउनेछन् । इच्छुक कामदारले साउन्डलाईन्स रिक्रुटमेन्ट प्रालिको कार्यालय ताच्चिखेल ललितपुरमा मंसिर ३ र ४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*