आजै जम्मकट्टेल र लामालाई मन्त्री बनाउँदै मुख्यमन्त्री पाण्डे

अखबार हब
२०७८ कार्तिक २५, बिहीबार १०:३६

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले आज विहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको पाण्डेले थप दुई सदस्यीय मन्त्री थप्न लागेका हुन् । उनले माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाउन लागेका हुन् । स्रोतका अनुसार जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री र लामा स्वास्थ्य मन्त्री बन्दैछन् । उनीहरुको दिउँसो ५ बजेका लागि सपथ ग्रहणको तयारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरिसकेको छ ।

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् । भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*