भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाउने तयारीमा प्रदेश १ सरकार

अखबार हब
२०७८ कार्तिक २४, बुधबार १८:३७

मोरङ । प्रदेश १ सरकारले मन्त्रालय फुटाउने तयारी गरेको छ । गठबन्धनको सरकार रहेको प्रदेशमा सबैलाई समेट्नका लागि मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश सरकार मन्त्रालय फुटाउने तयारीमा लागेको हो ।

७ मन्त्रालय रहेको प्रदेशमा ९ देखि ११ सम्म मन्त्रालय बनाउने तयारीमा प्रदेश सरकार रहेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारीमा प्रदेश सरकार रहेको छ ।

मन्त्रालय फुटाउँदा आर्थिक भार बढ्ने भन्दै विरोध भइरहेका बेला प्रदेश सरकार भने मन्त्रालय फुटाउने तयारीमा जुटेको छ । सरकारमा ५ दलीय गठबन्धन रहेकाले सबैलाई भागबण्डा लगाउनुपर्ने हुँदा मन्त्रालय फुटाउन लागिएको सत्तारुढ दलका एक सांसदले जानकारी दिए ।

धेरै मन्त्रालय एकै ठाउँमा गाभिँदा जनतालाई दिने सेवासुविधामा ढिलाइ भएकाले मन्त्रालय फुटाउने तयारीमा लागिएको मुख्यमन्त्री राईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*