रामचन्द्र झा एकीकृत समाजवादीमा प्रवेश गर्दै

अखबार हब
२०७८ कार्तिक २४, बुधबार १७:३८

काठमाडौं । पुराना नेता रामचन्द्र झा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न लागेका छन्। उनी केही दिनभित्रै एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन्।

झा अहिले नेकपा माओवादी केन्द्रमा छन्। आफ्नो राजनीतिक जीवनको अधिकांश समय भने उनले एमालेमा बिताएका थिए।

झाले एकीकृत समाजवादी ‘आफ्नो पार्टी’ भएको प्रतिक्रिया दिए। उनले भने, ‘मैले तीन दशकसम्म एमालेमा माधव नेपालसँगै काम गरेको छु, मेरो पार्टी अब एकीकृत समाजवादी हो।’

तत्कालीन एमालेमा उनी माधवकुमार नेपाल समूहमा थिए। तर, संविधान निर्माणका क्रममा भएको पहिचानको आन्दोलनका क्रममा उनी एमाले छाडेर माओवादीमा प्रवेश गरेका थिए।

माओवादी छाडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि झा भट्टराईसँगै नयाँ शक्तिको राजनीतिमा लागेका थिए। नयाँ शक्तिले पछि संघीय समाजवादी फोरमसँग एकता गरेको थियो।

त्यसपछि समाजवादी पार्टी बनेको यो पार्टी राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो। तर, झा भने नयाँ शक्तिपछि माओवादीमै फर्केका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*