मुख्यमन्त्री राईले कार्तिक ३० गते विश्वासको मत लिने

अखबार हब
२०७८ कार्तिक २४, बुधबार १४:४७

मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ३० कार्तिकमा प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने हेतुले नै ३० कार्तिकमा प्रदेश सभाको बैठक बोलाइएको छ ।

१६ कार्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका राईले विश्वासको मत पाए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

नेकपा एमालेका मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत पुर्याउन नसक्ने भन्दै राजीनामा दिएपछि राईले विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यको बहुमतको आधारमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा सत्तापक्षीय पाँच गठबन्धनका ५० जना सदस्य रहेका छन् । प्रतिपक्षी एमालेसँग ४० जना सदस्य रहेका छन् । त्यस्तै राप्रपाका एक सांसद प्रदेश सभामा रहेका छन् ।

नेकपा एमाले छाडेर प्रदेश सभाका सदस्यहरुले नेकपा एकीकृत समाजवादी पार्टी छानेपछि आचार्यले विश्वासको मत गुमाएका थिए ।

यसअघि नेपाली कांग्रेसबाट दुई जना, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक एक जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चबाट एक जना राज्यमन्त्री बनाएका राईले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*