एमाले महाधिवेशनमा दक्षिण एसियाका सबै दललाई निम्तो तर माधव नेपालको पार्टीलाई नबोलाइने
काठमाडौँ । नेकपा एमालेले चितवनमा आयोजना हुने पार्टीको १०औं महाधिवेशनमा सहभागिताका लागि दक्षिण एसियाका सबै राजनीतिक दललाई निम्तो पठाएको छ ।
एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधवार पत्रकार सम्मेलन गर्दै विभिन्न मुलुकका पार्टीहरू, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरू, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरू तथा आईक्याप ९आईसीएपीपी० का स्थायी कमिटीका सदस्यहरूलाई निमन्त्रणा गरिएको जानकारी दिए ।
महाधिवेशनमा एमालेबाट विभाजित भई बनेको नवगठित नेकपा एकीकृत समाजवादीलाई भने नबोलाइने भएको छ ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई बोलाउनेरनबोलाउनेबारे पत्रकारले राखेको जिज्ञासामा भट्टराईले भने, ‘राजनितिक शक्तिहरूको अवैधानिक सम्बन्ध वा लसपसबाट जन्मिएको शक्ति जसको ठेगाना पनि प्रस्ट छैन, त्यसलाई हामी बोलाउँदैनौं ।’







