जनताले दिएको जिम्मेवारी पुरा गर्छु : मन्त्री मोक्तान
मकवानपुर । बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले जनताले दिएको जिम्मेवारी पुरागर्ने बताउनुभयो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगर कमिटिले गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री मोक्तानले जनताको सेवामा आफु लाग्ने बताउनुभयो ।
मंगलबार थाहा नगरमा भएको कार्यक्रममा माओबादी केन्द्रको बागमती प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटि सदस्य प्रकाश पाण्डे, जिल्ला समन्य समिति सदस्य लबशेर बिष्ट, बिनोद कुमार लामा, थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगर कमिटि अध्यक्ष शकुन्तला गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिरा खड्काले संचालन गर्नुभएको थियो ।







