‘प्रधानन्याधिश ज्यू,जतिसक्दो चाडो राजिनामा दिनुस्’ – नेता पौडेल

अखबार हब
२०७८ कार्तिक १६, मंगलवार १८:३३

मकवानपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराले जतिसक्दो आफ्नो पदबाट राजिनामा दिनका लागि सुझाब दिएका छन् ।

नेपाली काँग्रेस मकवानपुरको आयोजनामा शुभ दिपावली, छठ र नेपाल सम्वतका अवसरमा आज हेटौंडामा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै उनले भने–‘प्रधानन्यायधीशले सम्मान जनक बहिरगमन चाहनु भएको छ । उहाँले जति चाडै राजिनामा दिनु हुन्छ त्यतीनै चाडो सम्मानजनक हुने छ ।’

प्रधानन्यायधीशले पदबाट छोड्नका लागि जति ढिलो गर्नुहुन्छ उहाँले गरेका नराम्रा काम त्यतीनै बाहिर आउने भएकाले चाडो पद छोड्नका लागि आग्रह गरे।

यसमा तपाइको मत

Your email address will not be published.


*