‘दोहोरी च्याम्पियन’ मा प्रकाश र मीना विजयी

अखबार हब
२०७८ कार्तिक १३, शनिबार २१:१२

काठमाडौँ । नेपालकै पहिलो दोहोरी रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम प्रतिस्पर्धामा प्रकाश पराजुली र मीना बुढाथोकीको टीम विजयी बनेको छ । आज (शनिबार) पोखरामा आयोजित प्रतिस्पर्धामा बालचन्द्र बराल र शोभा कार्कीको टोली दोस्रो बनेको हो । बाराही घाटमा आयोजना भएको फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिडेका थिए ।

सोमा प्रथम हुने टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त, दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गरेका छन् । सोका सान्त्वना हुने टीमले २ लाख समेत पाउने आयोजकले जनाएको छ । गायक बद्री पंगेनी र गायिका प्रीति आले संचालक गर्दै आएको शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राती ८ः५० मा प्रसारण हुँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*