एमाले भिमफेदी गाउँपालिका अध्यक्षमा थापा,सचिवमा रुम्बा
मकवानपुर । नेकपा एमाले भिमफेदी गाउँपालिकाको प्रथम अधिबेसनले नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको गाउँपालिका अधिबेशन बाट सर्बसहम रुपमा अध्यक्षमा सानू थापा मगर चयन भएका हुन् ।
त्यस्तै अधिबेशनले पालिकाको उपाध्यक्ष सिबराज पुडासैनी, सचिवमा शिव रुम्बा, उप सचिबमा कासिराम बज्यु र मंगलादेबी श्रेष्ठ लगायत ५७ सदस्यीय सम्पूर्ण सदस्य कमिटी चयन गरेको हो ।







