दोश्रो सहिद प्रितकुमार स्मृती फुटवल प्रतियोगीताकोे उद्घाटन, मोर्डन र शिद्धबाबाको विजयी सुुरुवात

अखबार हब
२०७८ कार्तिक १२, शुक्रबार २१:०३

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका १ मा दोश्रो सहिद प्रितकुमार स्मृती फुटवल प्रतियोगीता आजबाट सुरु भएको छ । मनहरी १ चकरी चौरमा सुरु भएको उक्त खेल मनहरी गाँउपालिका वडा १ का वडा अध्यक्ष शिव प्रसाद खनालले उद्घाटन गरेका थिए ।

मनहरी गाउँपालिका भित्रका ९ वटा वडाका २६ टिम सहभागी रहेको प्रतियोगीताको पहिलो चरणको खेलमा शिद्धवाबा युवा क्लव वडा नम्बर ३ विजयी भएको छ । आज भएको खेलमा शिद्धबाबा युवा क्लबले क्रिस्टेन युवा क्लब वडा नम्बर ९ लाई ट्राईब्रेकर मार्फत ३–२ गोल अन्तरले पराजीत गर्दै विजयी भएको थियो ।

आजै भएको दोश्रो खेलमा मोर्डन युथ क्लब वडा नम्बर १ ले चुरीयामाई युवा क्लब वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजीत गर्दै जित निकालेको छ । उक्त खेलमा मोर्डन युथ क्लबका पुजन लुङ्गबाले खेलको दोश्रो हाल्फमा गोल गर्दै टिमलाईं अग्रता दिएका थिए, त्यस्तै मोर्डनकै सन्जिव स्याङ्गतानले दोश्रो हाल्फकै केहि समयमा टिमको अग्रतालाई दोब्बर बनाए । खेलको अन्तिम मिनेटमा चुरीयामाई युवा क्लबका गौरब सुवेदीले १ गोल गरेका थिए । तर उक्त गोल टिमको जितका लागी प्रयाप्त हुन सकेन ।

मनहरी १ चकरीमा सुरु भएको उक्त फुटबल प्रतियोगीता ५ दिन सम्म सञ्चालीत हुने छ । टिमको विजेताले नगद ५० हजार, द्धितिय हुनेले नगद २५ हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कमिटका माहासचिव हेलिश मोक्तानले जानकारी दिए ।

आज भएको उद्घाटन खेल मनहरी गाउँपालिका वडा नम्बर १ वडा वडा अध्यक्ष शिव प्रसाद खनालेको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको थियो । उद्घाटन खेलमा बिशिष्ट अतिथिको रुपमा हटौडा उपमाहानगरपलिका वडा नम्बर ९ का नेपाली कांग्रेस सभापती वीरेन्द्र कुमार बोम्जन,अतिथिहरुमा नवराज पौडेल,सावित्री घिमीरे, बिशाल लामा,राम कुमार उप्रेती,सागर जिम्बा,रामप्रसाद उप्रेती,ललित घलान लगाएत अन्य अतिथिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम आयोज कमिटिका संयोजक माधव प्रसाद उप्रेतीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*