दोश्रो मनहरी गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुदैँ

अखबार हब
२०७८ कार्तिक ११, बिहीबार १०:३८

मकवानपुर । दोश्रो मनहरी गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका १ चकरीमा शहीद प्रित कुमार मोक्तान स्मृती प्रतिष्ठानको अयोजनामा दोश्रो मनहरी गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।

खेल भोलि(शुक्रबार) देखि १७ कात्तिक सम्म मनहरी गाउँपालिका वडा नम्बर १ चकरी फुटबल चौरमा हुने खेल आयोजक कमिटीका संयोजक सागर जिम्बाले बताए । जिम्बाका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैँया र दोस्रो हुने टिमले २५ हजार रुपैँया नगद सहित सिल,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

खेल फिफाको नियम अनुसार हुने र खेल तालिका भने आज अपरान्ह सार्वजनिक गरिने आयोजक कमिटीका महासचीव हेलीश मोक्तानले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*