पाण्डे नेतृत्वमा बागमतीमा नयाँ सरकार बन्दै,पहिलो चरणमा मोक्तान, भँडेल र खनाल मन्त्री बन्ने
मकवानपुर । बागमती प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दारी पेश गरिसकेका नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डे भोलि (बिहीबार) मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।
अष्ठलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका थिए । गठबन्धन बाट मुख्यमन्त्री बन्न लागेका पाण्डेले भोली नै ३ सदस्य मन्त्रिमण्डल गठन गर्न लागेका हुन् ।
पहिलो चरणमा अन्तरगत आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी बाँडफाड गरेर मन्त्रिमण्डल बनाउने तयारी गरिएको हो । नेकपा माओवादी केन्द्र उपनेता कुमारी मोक्तान, नेपाली कांग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस) उपनेता कृष्ण खनाल मन्त्री बन्ने निश्चित भएको हो ।
मोक्तान आर्थिक मामिला, भँडेल भौतिक पूर्वाधार र खनाललाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिनेगरी निर्णय भएको छ ।







