एमाले हेटौंडा २ मा रामकृष्ण तिमल्सिना को नेतृत्वमा नयाँ कमिटि

अखबार हब
२०७८ कार्तिक ६, शनिबार १८:५३

मकवानपुर । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर २ को अध्यक्षमा रामकृष्ण तिमल्सिना चयन भएका छन् ।

आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्र्दभमा हेटौँडा २ मा अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ३४ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो । कमिटिमा उपाध्यक्ष मिन राज पौडेल, सचिब रेणु श्रेष्ठ (गरुङ्ग), उपसचिव राम प्रसाद ढोडारी र विषलाल खड्गी निर्बिरोध चयन भएका हुन । अधिवेशनमा १०५ जना संगठित सदस्यको उस्पस्थिति रहेको थियो ।

अधिवेशन बागमती प्रदेश कमिटि सदस्य भोजराज ढकालको प्रमुख आतिथ्यता तथा जिल्ला सदस्य मदन दाहालको विशिष्ट अतिथियतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*