मकवानपुरका दश वटै स्थानीय तहमा आज वडा अधिवेशन हुँदै

अखबार हब
२०७८ कार्तिक ६, शनिबार १०:२९

मकवानपुर । मकवानपुरका दश वटै स्थानीय तहका बिभीन्न वडाहरुमा आज वडा अधिवेशन हुँदै छ । हिजो हेटौंडाका दुइ वटा र केही गाउँपालिकाका वडाहरुमा वडा अधिवेशन भएपनि आज भने बाँकी सबै वडाका अधिवेशन हुने नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताए । वडा अधिवेशनको सबै तयारी पुरा भइसकेको श्रेष्ठले जानकारी दिए ।

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न एमाले केन्द्रले सर्कुलर गरेको छ । तर, मकवानपुरका सबैजसो वडामा सर्वसहमतीबाटनै अधिवेशन हुने सचिब श्रेष्ठले बताए ।

यस्तै आउँदो ९ गते सात सबै पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*