कांग्रेसका मकवानपुर जिल्ला सदस्य दाहाल नेकपा एसमा प्रवेश

अखबार हब
२०७८ कार्तिक ५, शुक्रबार १८:१२

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सदस्य अर्जुन दाहाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले टिका र खादा लगाएर दाहाललाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले नेकपा एकीकृत समाजवादी पार्टी लोकतन्त्र र संविधानको रक्षाको लागि सदैव प्रतिवद्ध रहेको बताए ।

उनले पूर्व प्रधानमन्त्रीसमेत रहेका माधव नेपाल र नेकपा एकीकृत समाजवादीका अन्य नेता गणले अवसर त्यागेर विधि र पद्धतीमा उभिएको भन्दै प्रसंसा गरे । ‘नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकाहरु अवसरभन्दा माथि उठ्नु भएको छ । जनताको आवाज बन्ने प्रयत्न गर्नुभएको छ । त्यसकारण म प्रभावित भएँ ।’ उनले भने ।

उनले आफु कांग्रेसमा रहँदा पनि देश जनता र पार्टीप्रति इमान्दार भएको बताउँदै अब नेकपा एकीकृत समाजवादीमार्फत् जनताको घर दैलोसम्म पुग्ने बताए । अवसर नपाएर पार्टी त्यागेको आरोप आफुमाथि भएपनि त्यसमा सत्यता नभएको उनले बताए । कांग्रेसमा रहँदा सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*