‘राजनेता’ केपी ओलीको सपना पूरा गर्न हामी तयार छौँ : रामेश्वर फुयाल
मकवानपुर । नेकपा एमाले वाग्मती प्रदेश नेकपा एमालेका नेता रामेश्वर फुयालले आफूहरू ‘राजनेता’ केपी शर्मा ओलीको सपना पूरा गर्न तयार भएको बताएका छन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मागेको विश्वासको मतमा भएको छलफलमा भाग लिँदै उनले आजीवन सूर्य चुनाव चिन्हको पछाडि लागेर राजनीति गरेकाहरूको हिसाब नेपाली जनताले गर्ने बताए ।
आफूहरू राजनेता मदन भण्डारीले अघि बढाएको जबजअनुसार क्षमताले शासन गर्ने भन्दै ‘मत पुगे कुर्सीमा बस्छौँ, नपुगे भुइँमा बस्ने बताए । धरहरा, रानीपोखरी छोपेर नछोपिने भन्दै जनताको ताजा जनादेशबाट जवाफ दिने उनले बताए ।
उनले भीमसेन थापा पछाडि, बीपी कोइराला र मनमोहन राजनेता भएको भन्दै त्यसपश्चात्को राजनेता केपी ओली भएको दाबी गरे ।







