‘अष्टलक्ष्मीजी प्रतिगमनको कित्तामा उभिएकाले सहयोग गर्न सकेनौं’ : राजेन्द्र पाण्डे
मकवानपुर । नेकपा समाजवादीका उपाध्यक्ष एवं वागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिगमनकारी कित्तामा उभिएका कारण वर्तमान प्रदेश सरकार फेर्नुको विकल्प नरहेको बताए ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफैं प्रतिगमनविरुद्ध लडेको भए पनि अन्तिममा सोही कित्तामा उभिएकोले साथ दिन नसकेको उनको भनाई छ ।
‘हिजो अष्टलक्ष्मीजीलाई मुख्यमन्त्री प्रस्ताव गरेर डोरमणिजीविरुद्ध उभ्याउने हामी नै हौं । आज उनै डोरमणिले गरेका कामको फेहरिस्त सुनाएर अष्टलक्ष्मीजीले निवेदन गरेजस्तै लाग्यो’, पाण्डेले भने ।
उनले अल्पमतमा परेको ३९ दिनसम्म मुख्यमन्त्रीको कुर्सीमा टाँस्सिएर बस्नु अशोभनीय भएको भन्दै पाण्डेले शाक्यलाई राजीनामा दिन सुझाव दिए ।







