प्रधानमन्त्रीको टोली निस्कियो बाढी प्रभावित क्षेत्रको अवलोकनमा

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार ०८:५१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् । विहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका हुन् ।

प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेत जाने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*