मुख्यमन्त्री शाक्य माथि विश्वासको मतदान समय सार्न एमालेको आग्रह

अखबार हब
२०७८ कार्तिक ३, बुधबार १५:०७

मकवानपुर । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यमाथि विश्वासको मतमा मतदान गर्ने समय केही दिन पर सार्न नेकपा (एमाले) ले आग्रह गर्ने भएको छ ।

एमाले वागमती प्रदेश संसदीय दलले पार्टीको वडा अधिवेशनका कारण नेता, कार्यकर्ता व्यस्त हुने भएकाले भोलि लिने भनिएको विश्वासको मतदानलाई केही दिन सार्न प्रदेश संसद सचिवालयलाई पत्रसमेत लेख्ने निर्णय गरेको छ।

उक्त पत्र लिएर एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौला सभामुख सानुकुमार श्रेष्ठलाई भेट्न गएका छन् । पत्रमा ११ गते मतदानको समय तोक्न आग्रह गरिएको छ ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया दसैँअघि नै सुरू भएको भए पनि मतदान भने दसैँपछि गर्ने निर्णय भएको थियो । उक्त सहमतिअनुसार विश्वासको मतका लागि भोलि मतदान गर्ने समय निर्धारण गरिएको थियो ।

एमाले विभाजन भइ नेकपा एस बनेपछि शाक्य अल्पमतमा परेकी छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । यस्तो अवस्थामा शाक्यले विश्वासको मत पाउन कठिन हुने देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*