एमालेमा फुटको असर देखिएन, प्रतिस्पर्धा गर्न निकै कठीन छ: रामचन्द्र पौडेल

अखबार हब
२०७८ कार्तिक ३, बुधबार १४:०९

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माधवकुमार नेपाल समूह चोइटिए पनि एमाले कमजोर नभएको बताएका छन । धादिङमा भएको एक कार्यक्रममा पौडेलले एमाले पार्टी नफुटेको समेत जिकिर गरेका छन ।

‘एमालेसितको लडाइँ सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन । सशक्त प्रतिस्पर्धा छ,’ शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले एमालेसँग लड्न नसक्ने दाबी गर्दै पौडेलले भनेका छन, ‘त्यसका लागि कांग्रेस कस्तो हुनुपर्ने हो ? कति सक्षम हुनुपर्ने हो ? यस्तै खिचिमिचीले एमालेसँग लड्न सकिँदैन ।’ कांग्रेस महामन्त्री डा. सशांक कोइरालासहितका नेताहरुलाई दाँया बाँया राखेर पौडेलले भने ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*