वर्षापीडित परिवारलाई तुरुन्त राहत प्याकेज घोषणा गर्न एमालेको माग

अखबार हब
२०७८ कार्तिक २, मंगलवार १९:३७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको ब्यवस्था गर्न सरकारसँग माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज प्रेस विज्ञप्ति जारी गरी पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्नुभएको हो ।

बिज्ञप्तीमा अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गराइएको छ । ‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ । अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछ,’ बिज्ञप्तीमा भनिएको छ ।

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएको छ । पहिरोका कारण कतिपयको ज्यान गएको छ, कतिपय घरबारबिहीन भएका छन् भने कतिपय व्यक्तिहरू बाढीमा फँस्न पुगेका छन् । हावाहुरीसँगै आएको ठूलो वर्षाले देशका विभिन्न भू–भागमा पाकेको धानबाली सखाप भएको छ । कृषि माथि आश्रित लाखौं किसान परिवारमाथि ठूलो बज्रपात भएको छ । कतिपय नदीमा बाढीले खतराको रेखा पार गरेको छ भने तराईका विभिन्न बस्ती डुबानमा परेका छन् । उच्च पहाडी क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । कतिपय पर्यटकहरू सङ्कटमा परेका छन् । देशका विभिन्न ठाउँमा सडक यातायात अबरुद्ध भएको छ । बिजुलीलगायत अत्यावश्यक सेवामा बाधा पुगेको छ । दशैंको बीचमा आइलागेको यस प्राकृतिक विपत्तिले हजारौं परिवारलाई पीडामा डुबाइदिएको छ ।

नेकपा (एमाले) बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ । वर्षाका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसान दाजुभाइहरूको पीडाप्रति समानुभूति व्यक्त गर्दछ । वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ । अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछ । मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*