नेकपा एसले जुराइदिएको संयोग, आमा छोरा दुवैजना केन्द्रीय सदस्य

अखबार हब
२०७८ कार्तिक १, सोमबार १३:४७

झापा । दशैं मनाइरहेका बेला झापाका शारदा शर्मा घिमिरे र छोरा अशेष घिमिरेका लागि नेकपा एकीकृत समाजवादीले खुसीको उपहार दिएको छ । आमा छोरा दुवैजना एकैपटक नेकपा एसको केन्द्रीय सदस्य र झापा जिल्ला सहइन्चार्ज बनेका छन् ।

नेकपा एसले शनिवार जारी गरेको अन्तरपार्टी सर्कुलरमा आमालाई पूर्ण केन्द्रीय सदस्य र छोरालाई वैकल्पिक केन्द्रीय सदस्य मनोनय गरिएको उल्लेख छ । कार्यक्षेत्र पनि दुवै आमा छोरालाई झापा नै तोकिएको छ ।

मेचीनगर नगरपालिका– १०,धुलाबारीका बासिन्दा शारदा शर्मा चारआलीस्थित शहीद दशरथ चन्द माविकी शिक्षिका हुन् । उनी आगामी मंसिरबाट अवकाश हुँदैछिन् ।

त्यस्तै अशेष अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै पछिल्लो समय नेकपा एसका उपमहासचिव डा.विजय पौडेल सञ्चालक रहेको जनता टेलिभिजनमा समेत कार्यरत छन् । पेशाले इन्जिनियर अशेष नेकपा एसबाट सम्भवतः सबैभन्दा कान्छो केन्द्रीय सदस्य हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*