एमालेलाई लाग्यो महाधिवेशन : कार्तिक ६ गते वडा र ९ गते पालिक अधिवेशन

अखबार हब
२०७८ कार्तिक १, सोमबार १३:०९

काठमाडौं । नेकपा एमालेले आगामी कार्तिक ६ गते वडा अधिवेशन गर्ने भएको छ । देशभरको ७ सय ५३ पालिकामा ९ गते गर्ने अधिवेशनको तयारीस्वरुप ६ गते वडा अधिवेशन गर्न लागेको हो ।

कार्तिक ६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्न लागेका हुन् ।

वडा अधिवेशन पश्चात कार्तिक ९ गते एमालेले ७५३ वडामा पालिका अधिवेशन गर्ने तयारी गरेको छ । जसअनुसार एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*