टी–२० विश्वकप आजबाट सुरु हुँदै, पहिलो दिन २ खेल

अखबार हब
२०७८ आश्विन ३१, आईतवार ११:०४

काठमाडौँ । यूएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने टी २० विश्वकप आजबाट सुरु हुँदै, पहिलो दिन २ खेल विश्वकप आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । जसमा पहिलो दिन दुई खेल हुनेछन ।

ओमानको अल अमारत क्रिकेट मैदानमा घरेलु टिम ओमान र पपुवा न्युगिनी खेल्नेछन भने अर्को खेलमा बंगलादेश र स्कटल्याण्डविच प्रतिस्पर्धा हुनेछ ।

ओमान र पीएनजीविचको खेल दिउँसो पाँने चार बजेबाट सुरु हुनेछ । यस्तै बंगलादेश र स्कटल्याण्डविचको खेल पौने आठ बजे सुरु हुनेछ ।

विश्वकपको सुरुवाती चरणमा सुपर १२ का लागि छनोट खेल हुनेछन । आठ टिमविच हुने प्रतिस्पर्धाबाट चार टिमले सुपर १२ मा स्थान बनाउनेछन ।

जसका लागि बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, श्रीलंका, ओमान र पीएनजीविच प्रतिस्पर्धा हुनेछ ।

छनोट चरणका खेलसकिएपछि सुपर १२ का खेलहरु हुनेछन । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १४ मा दुबईमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*