छायांकन सेटमै कलाकार रमेश केसीको निधन

अखबार हब
२०७८ आश्विन ३, आईतवार १७:०६

काठमाडौँ । हाँस्यकलाकार रमेश केसीको निधन भएको छ । केसीको आइतबार बिहान छायांकन सेटमै निधन भएको हो ।

आफैंले मोटरसाइकल चलाएर छायांकन स्थलमा पुगेका केसी छायांकनका क्रममा बेहोस भएका थिए । ६९ वर्षीय केसीलाई त्यसलगत्तै गंगालाल हृदय केन्द्र पुर्‍याइएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको हो ।

नाटकबाट अभिनययात्रा थालेका केसीले ‘यमपुरीमा जिउँदो मान्छे’, ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘मुनामदन’, ‘पृथ्वीनारायण’ लगायतका नाटमा अभिनय गरेका छन् । उनले ‘जे भो राम्रै भो’, ‘रहर, ‘लोभी पापी’, ‘चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

यस्तै कलाकार केसीले ‘हर्के हवल्दार’, ‘तितो सत्य’, ‘अब अती भो’, ‘च्वास्स चुस्स’, ‘आफ्नै कथा’, ‘एकादेशको चुरीफुरी’, ‘लक्ष्मी’ र ‘आम्मै’ लगायतका टेलिसिरियलमा अभिनय गरेका छन् ।

आइतबार बिहान हर्केहल्दार टिमले निर्माण गर्न लागेको एक भिडियो छायांनका लागि सुटिङ स्थलमा पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*