ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल

अखबार हब
२०७८ आश्विन ३, आईतवार १६:२७

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले आज सुरुवाती ११ मा दुई खेलाडी परिवर्तन गरेको छ ।

गुल्सन झा र युवा अलराउन्डर कुशल मल्लले टोलीमा स्थान बनाउन नसक्दा शरद भेषवाकर र आरिफ शेख प्लेइङ–११ अटाएका छन् ।

पालको प्लेइङ–११ः आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, आरिफ शेख, शरद भेषवाकर, विनोद भण्डारी (विकेटकीपर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र सुशान भारी ।

यसमा तपाइको मत

Your email address will not be published.


*