ओलीको विद्यार्थीलाई आग्रह : माधव प्रचण्ड जस्तो पदलोलुप नहुनु
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदका लागि विवाद नगर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको च्यासलस्थित पार्टीनिकट अनेरास्ववियूको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले युवा भएकाले अहिले आफ्नो पहिचान स्थापना र क्षमता निर्माणमा लाग्नुपर्ने बताए।
एउटै पार्टीमा रहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पदको मात्रै कुरा गरेको भन्दै ओलीले भने– अहिले विद्यार्थी हुनुहुन्छ, पदको विवाद गरेर प्रचण्ड–माधव जस्तो हुनुभयो भने‘ओलीले अहिल्यै पदको लोभमा नलाग्न निर्देशन दिए।
मान सम्मानको कुरा गरेर प्रचण्ड र माधवले जहिले पनि पद मागेको ओलीले आरोप लगाए। उनले भने, ‘पद चाहियो भनेको छ। सम्मान चाहियो भनेको छ। अपमान भयो भनेको छ ।’







